१० श्रावण २०८३, आइतबार

एकैपटक सात कम्पनीको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

एकैपटक सात कम्पनीको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । एकै पटक सात कम्पनीहरुले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, आइसिएफसि फाइनान्स, नेपाल लाइफ, हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा आएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले आवश्यक कागजात संकलन गरी पुष १९ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रभु बैंकले ६८ हजार ७२९ कित्ता संस्थापक सेयर प्रतिकित्ता ११० रूपैयाँ, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २ लाख ४ हजार ५३७ कित्ता सेयर प्रतिकित्ता १२० रूपैयाँमा , आइसिएफसि फाइनान्सले १ लाख ९३ हजार २२८ कित्ता सेयर प्रतिकित्ता १७५ रूपैयाँमा , नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता सेयर प्रतिकित्ता ३२५ रूपैयाँमा , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ९ हजार ६७८ कित्ता सेयर प्रतिकित्ता १२० रूपैयाँमा , हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख २४ हजार ८३३ कित्ता सेयर प्रतिकित्ता २०० रूपैयाँमा र प्राइम कमर्सियल बैंकले ४९ हजार ७१७ कित्ता सेयर प्रतिकित्ता ११० रूपैयाँमा विक्रीमा ल्याएको हो ।

आवेदन सम्बन्धीत क्यापिटलमा बुझाउने सकिनेछ ।