७ श्रावण २०८३, बिहिबार

कुथेली बुखरीले पुष २७ गते बोलायो एजिएम, सेयरधनीहरुलाई छैन लाभांश



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा जर्मन होम्स हस्पिटालिटी प्रालि गठ्ठाघर साझा पेट्रोल पम्प नजिकै बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष १८ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १७ गते सम्म कायम सेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्