१० श्रावण २०८३, आइतबार

तपाईको खातामा एक लघुवित्तको १५ प्रतिशत लाभांश आयो ? छैन भने के गर्ने ?



काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक खाता अपडेट गरे पछि मात्र लाभांश पाउनेछन् ।

कम्पनीको पुष ६ गते सम्पन्न साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।