१० श्रावण २०८३, आइतबार

छुट्नु होला है ! चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौँ । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रस्तावका लागि पुष १८ गते बुक क्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद वितरण गर्नेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ्गमा बिहान १०ः३० बजे बस्नेगरी आव्हान गरेको हो ।

कालिका पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ नगद लाभांश लाभांश वितरण गर्नेछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गर्नेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न पुष २९ गते साधारण सभा बोलाएको छ ।