बीमा दाबीको टुङ्गो नभए पश्चात शुभम पावरको साधारण सभा अनिश्चित
काठमाडौँ । शुभम पावर लिमिटेडले समयमै साधारण सभा गर्न नसक्ने भएको छ । बीमा दाबीको टुङ्गो नलागेपछि सभा पुष मसान्त भित्र गर्ने नसक्ने भएको हो ।
कम्पनी ऐन बमोजिम कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको कम्पनीले बताएको छ । हालसम्म बीमा दाबीको टुङ्गो नलागेपछि निर्धारित समयभित्र सभा बोलाउन नसक्ने जनाएको हो ।













