उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति
काठमाडौँ । उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन् ।
बुधबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्त गरेको हो । जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन् भने ९ जना कानून व्यवसायी छन् ।
४ जना कर्मचारीकोतर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।













