१० श्रावण २०८३, आइतबार

माघ २ गतेदेखि एनआईएमबि एस क्यापिटलले एनआईबिएल स्टेबल फण्ड निष्कासन गर्ने



काठमाडौँ । एनआईएमबि एस क्यापिटल लिमिटेडले एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउने भएको हो ।

कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

जसमा माघ २ गतेदेखि आवेदन दिन सकिनेछ । इकाईधनीहरुले न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सम्पर्ण इकाईका लागि आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । १२ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन । यो एक बन्दमुखी योजना हो ।