१० श्रावण २०८३, आइतबार

हिमालयन बैंकको ७८ हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?



काठमाडौँ । हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको ७८ हजार ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १९ गते) ले३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँस्थित कानून तथा सेयर विभागमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।