सानिमा रिलायन्स लाइफले माघ ११ गते बोलायो साधारण सभा
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा माघ ११ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी नक्साल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।













