नेपाल एसबिआई बैंकले जम्मा गर्यो सेयरधनीहरुको खातामा लाभांश
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।
कम्पनीको पुष १३ गते सम्पन्न साधारण सभाबाट पारित ६.८० प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । हालसम्ममा पनि सेयर अभौतिकीकरण नगराएको तथा हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक नगराएको सेयरधनीले हितग्राही खाता खालेको सम्बन्धीत निक्षेप सदस्यमा सम्र्पक गरी बैंक खाताको विवरण अद्यावधिक गरेपछि लाभांश रकम जम्मा हुनेछ ।












