१० श्रावण २०८३, आइतबार

सिटिजन्स बैंकको लगानीमा १० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता



काठमाडौँ । सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता सम्पन्न भएको छ ।

बैंकको एकल ऋण लगानी गर्ने गरी प्रदेश नंं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गा.वि.स. (हालको सुर्योदय नगरपालिका र रोङ गाँउपालिका) मा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनी र बैँक समझदारी भएको हो ।

विहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा बैंकका प्रमुख–कन्र्सोटियम÷इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालकसन्तोश राज नेपालले हस्ताक्षर गरेका छन । परियोजनाको अनुमानित लागत करीब १ अर्ब ७३ करोड (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५ः२५ को ऋण ः स्वपुँजी अनुपातमा १ अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवद्र्धकहरुबाट स्वपुँजी जुटाइने छ । सो आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र बर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ ।