सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ १४ गते, के–के छन् एजेण्डा ?
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा माघ १४ गतेका लागि बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष २९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।













