१० श्रावण २०८३, आइतबार

नेको इन्स्योरेन्सले माघ १२ गते बोलायो एजिएम, यस्ता छन् एजेण्डा



काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ १२ गतेका लागि बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । स

भा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्