तेह्रथुम पावरको साधारण सभाको मिति सर्यो
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सभा गर्ने मिति परिर्वतन गरेको छ । यसअघि पुष २१ गते बोलाइएको सभा प्राविधिक कारणले माघ १३ गते सरेको हो ।सभा वैभव पार्टी भेन्यू मैतिदेवि, काठमाडौंमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २८ गते देखि पुस २१ गते सम्म बुक क्लोज गर्ने भएको हो ।













