त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी एक किलो ३०० ग्राम सुन बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।
दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।












