दोल्ती पावरको साधारण सभा कहिले ?
काठमाडौँ । दोल्ती पावर कम्पनीले माघ ५ गते तेस्रो साधारण सभा बोलाएको छ । सभा काजिको किचेन, पुरानो बानेश्वर काठमाडौँमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै, आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।
सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुष २३ गते बुक क्लोज गर्ने भएको छ ।













