१० श्रावण २०८३, आइतबार

फागुन १ गतेदेखि कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान् र श्रीमतीले पाउने



काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत श्रीमान् र श्रीमतीलाई समावेश गरेको छ ।

कोषले एक सूचना जारी गर्दै अस्पताल भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा हरेक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने भएको हो ।

२०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको यो योजनामा आउँदो फागुन एक गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको छ।


प्रतिक्रिया दिनुहोस्