एनआइसी एशिया बैंकको २९ प्रतिशत बोनस सेयरधनीहरुको खातामा जम्मा
काठमाडौँ । एनआइसी एसिया बैंकले लाभांश वितरण सुरु गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको २९ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
बैंकले गत असोज १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । हालसम्म डिम्याट खाता अभौतिकरण नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।












