एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन
काठमाडौँ । एनएमबि बैंकले अध्यक्षमा मनोज कुमार गोयललाई चयन गरेको छ ।
बैंकको २८औं साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ । एफएमओ को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको हो ।
साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको छ ।













