९ श्रावण २०८३, शनिबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?



काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक असाधारण सभा माघ २५ गतेका लागि बोलाएको छ । सभा बानेश्वर ब्याङ्कवेट थापागाउँ काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरण गन प्रस्ताव पारित गर्नेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि गर्ने एजेण्डा समेत रहेको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्