कहिले सकिँदै छ निफ्राको लक इन पिरियड ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अर्को महिना लक इन पिरियड सकिने भएको छ । निफ्रोको आगामी फागुन २३ गते लक इन अवधि समाप्त हुने भएको हो ।
हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा रहेको छ । एक सूचना जारी गर्दै आगामी फागुन २३ उक्त अवधिमा सकिने जानकारी गराएको छ । सो मिति पश्चात लक इनमा रहेको सेयर कारोबार गर्न सकिनेछ ।
बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।













