१० श्रावण २०८३, आइतबार

चाबहिल ‘जुत्ता चप्पल’ व्यापार मेलामा बढ्दो भिड, उपभोक्तालाई छुटको आकर्षण



काठमाडौँ । प्रथम चाबहिल ‘जुत्ता चप्पल व्यापार मेला–२०८०’ २० औ दिन सम्म आइपुग्दा ग्राहकहरूको भिड बढ्दै गएको आयोजकको भनाइ छ। 

नेपाली जुत्ता चप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ता चप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ता चप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ता चप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो ।

मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरू बिच सिधै जुत्ता चप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मूल्यमा गुणस्तरीय पाएको बताउनु भयो। उहाँले भन्नु भयो   हामीले डिलर, डिष्ट्रिब्युटर र पसललाई दिने कमिसन सबै उपभोत्तालाइ दिएका छौ, आम उपभोत्ताहरुले मौकाको फाइदा उठाउन आह्वान गर्दछौँ।

नेपाल जुत्ता चप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले चाबहिलमा पहिलो पटक जुत्ता चप्पल मेला आयोजना गरिएको बताउनुभयो ।मेलाको सुरुमा भन्दा अहिले उपभोक्ताहरूको भिड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताउनु भयो।   जुत्ता चप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र तीन हजारभन्दा धेरै डिजाइन राखिएको छ ।

उक्त मेलामा हाई लाइफ, सू ल्यान्ड, बेली, बोस सुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वर्ल्ड, कोसेली, रनशुज, शिखर सुज, पिजी सुज र ब्याम्बो सुज राखिएका छन् । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ता चप्पल बिक्री हुने लक्ष्य राखिएको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्