साविकको ज्योति लाइफको नाफालाई जगेडा कोषमा राख्दै सूर्यज्योति
काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले साविकको ज्योति लाइफ इन्सुरेन्सको नाफा रिजर्भ कोषमा राख्ने भएको छ ।
कम्पनीले साविकको ज्योति लाइफको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको हो । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले यस्तो गरेको हो ।
सूर्यज्योति साविकको ज्योति लाइफ र सूर्या लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी दुवै कम्पनीले गत वर्षको पुस ७ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन् ।
ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो । यसका साथै कम्पनीको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफ इन्सुरेन्समा समायोजन हुने भएको छ ।













