२३.८० प्रतिशत बोनस सेयर दिने सन नेपाल लाइफको घोषणा, २७ प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ ।
कम्पनी संचालक समितिको फागुन ११ गते बसेको बैंकले सो बराबरको लाभांश दिने घोषणा गरेको हो । यसका साथै बैठकले बोनस सेयर वितरणपश्चात हकप्रद सेयर जारी गर्ने पनि घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
उक्त प्रस्ताव अब नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ र हकप्रद शेयर निष्काशन गरिनेछ।













