८ श्रावण २०८३, शुक्रबार

नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बापतको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्