११ श्रावण २०८३, सोमबार

शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको छ।

आइतबार कम्पनीको १४.२५ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।

उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।