८ श्रावण २०८३, शुक्रबार

सानिमा जिआईसीले डाक्यो साधारण सभा: हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

सो बराबरको हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको छ। कम्पनीले आगामी चैत २९ गते छैठौँ वार्षिक साधारण सभा गर्ने भएको छ। सोही सभाले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

सभाले हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभामा पारित हुनेछन् ।
साधारण सभाको लागि कम्पनीले आगामी चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्