९ श्रावण २०८३, शनिबार

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश सुरक्षित गर्ने अन्तिम मिति नजिकिएको छ । कम्पनीको लाभांश सुरिक्षत गर्ने भोलि अर्थात् चैत ८ गते अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्दैछ । यसका आधारमा बिहीबारसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत २३ गते वार्षिक साधारण सभा बोलाएको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस्