हकप्रद सेयर जारी गर्न पिपुल्स हाइड्रोपावरले डाक्यो साधारण सभा, संचालकको पनि निर्वाचन हुने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी चैत ३० गते शुक्रबार काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा हकप्रद सेयर निष्कासनको मुख्य एजेन्डा पारित हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।
यसका साथै संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ ।













