पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैंकको २०८१ सालको क्यालेन्डर
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ वर्ष २०८१ वर्षको क्यालेन्डर सार्र्वजनिक गरेको छ । नेपालको पर्यटनमा सहयोग पु¥याउने उदेश्यसहित बैंकले २०८१ सालको नयाँ बर्षको क्यालेन्डर जारी गरेको हो ।
क्यालेन्डरको मुख्य विषय वस्तु “नेपालका कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन” को साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्न रहेको छ ।
बैंकले क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने प्रयास गरेको जनाएको छ।
क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छो रोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका लगायत समेटिएको छ।
यस्तै, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरु समावेश गरिएको छ । जसले नेपालको प्राकृतिक र पुरातात्वीक सौन्दर्यतालाई उजागर गर्दछ । नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ ।
यस्तो छ बैंकको नयाँ वर्ष २०८१ को क्यालेन्डर













