अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्दै अरुण भ्याली हाइड्रोपावर, प्रतिकित्ता कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्दै अरुण भ्याली हाइड्रोपावर, प्रतिकित्ता कति ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको जनाएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सो सेयरमा बैशाख १० गतेदेखि २४ गतेसम्म इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी शाखाबाट आवेदन दिन सक्नेछन् ।

यस्तै बैंकको बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्