९ श्रावण २०८३, शनिबार

महाराजगंजको अत्याधुनिक भवनबाट सेल्सवेरीको सेवा सुरु



काठमाडौं । सेल्सवेरीले काठमाडौंको महाराजगंजमा अन्तराष्ट्रियस्तरको आफ्नै अत्याधुनिक भवनबाट सेवा सुरु गरेको छ ।

विगत १० वर्षदेखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आएको सेल्सबेरीले शुक्रबार नयाँ शाखाको भव्य सुरुवात गरेको हो ।

सेल्सवेरीले अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वास लिएको छ । सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने सेल्सवेरीले लक्ष्य लिएको छ । सेल्सवेरीले आफनो व्यवसायसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा विभिन्न क्रियाकलापहरु पनि गर्दै आइरेको छ ।

महाराजगंजबाट अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्वस्तरीय रेष्टुरेण्ट सहित स्वदेशीएवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु रहने कम्पनीले जनाएको छ ।

उक्त अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ रहेको छ भने भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ । नवौं, दसौं तथा एघारौ तल्लामाजिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितका रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ।

बाह्रौ तल्लामास्वीमिंगपुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहां बाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ ।

सोही अत्याधुनिक भवनमा सेल्सवेरी व्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउंदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशनहुने विश्वास कम्पनीले लिएको छ।

साथै कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालन गर्न लागेको जनाएको छ । कम्पनीले हरेक वर्ष सानो, मध्यमतथा ठुलो स्तरको १०–१५ वटा सम्म शाखा संचालनविस्तार गर्ने लक्ष्य लिएको छ ।

गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मुलमन्त्र बनाई विगत ३० बर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा संचालित सेलवेज गु्प अन्र्तगत रही सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. विगत १० वर्ष देखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखामार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्