९ श्रावण २०८३, शनिबार

ग्लोबल आइएमई लघुवित्तले विविध कार्यक्रम सहित १२ औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं । पोखरा महानगरपालिका– २६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ ।

ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्यले २०७०/०२/०५ गते स्थापना भएको संस्थाले आज १२औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाको बिभिन्न शाखा तथा केन्द्रीय कार्यालयको कार्यक्षेत्र भित्र विविध कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्की, शाखा कार्यालय सुक्रौली परासी र शाखा कार्यालय सिमराभवानिपुर, रौतहटमा गरी ११० युनिट रक्त संकलन, शाखा कार्यालय थुम्सीकोट द्धारा क्व्होलासोथार गा.पा–०५ सिङ्दीमा यात्रु प्रतीक्षालय निमार्ण गरि हस्तान्तरण, शाखा कार्यालय गलेश्वर, म्याग्दीद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा ५५ जनालाई खाद्यान्न तथा फलफुल वितरण, शाखा कार्यालय यदुकुवा, धनुषामा बृहत नि ःशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

विपन्न वर्गसँग १२ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।
वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १,५२,००० भन्दा बढी सदस्यहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्