महालक्ष्मी विकास बैंकको ३०औं स्थापना दिवस, देशैभर वित्तीय साक्षरता सहितको प्रभातफेरि कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३०औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । बैंकले देशैभरका शाखा कार्यलय मार्फत वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम गरि ३०औं स्थापना दिवस मनाएको हो ।
बैंकका प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा शनिबार बिहान वित्तीय साक्षरतासहितको प्रभातफेरी गरिएको थियो । बैंकको केन्द्रिय कार्यालय दरबारमार्गबाट सुरु भएको प्रभातफेरी महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, महेन्द्र शालिक, घण्टाघर, रत्नपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा, जमल हुँदै पुनः बैंकको केन्द्रिय कार्यालयमै पुगेको थियो ।
प्रभातफेरीमा मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण लगायतका बैंकिङ सेवाहरुको प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । बैंक भोलि अर्थात् जेठ ७ गतेदेखि २९ वर्ष पार गरि ३० वर्षमा प्रवेश गर्दै छ ।
ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।













