१ कार्तिक २०८३, आइतबार

नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरू सिजी मोटर्सको ब्रान्ड एम्बेसडर



काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ ।

नक्साल स्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको सिजी मोटर्सको यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने लक्ष्य राखेको छ ।

सुमधुर आवाजका धनी सुशान्त केसी हिरो एक्सपल्सलाई आफ्नो संगीत जस्तै रोमाञ्चक रूपमा अगाडि लैजान तयार छन् । “साथी“ र “सारंगी“ जस्ता हिट गीतहरूले उनलाई नेपालको सांगीतिक क्षेत्रमा उदीयमान ताराको रूपमा स्थापित गरेको छ ।

त्यस्तै गरी पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अति लोकप्रिय तथा प्रभावशाली अभिनेत्री सुरक्षा पन्त हिरो जूमलाई राइडर्सको हृदयमा जुम गराउन तयार छिन् । साथ साथै, नेपालमा हाल सर्वाधिक लोकप्रिय अभिनेता मध्येका एक दयाहाङ राईले हिरो स्प्लेन्डर सिरिजका मोटरसाइकलको विरासतलाई अगाडि बढाउन भुमिका खेल्नेछन् ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरेको थियो । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ ।
सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन्।

साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।