९ श्रावण २०८३, शनिबार

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ



काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सोमबा नवनियुक्त अध्यक्ष बराललाई सिलवालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्