९ श्रावण २०८३, शनिबार

हिमालयन लघुवित्तको व्यवस्थापकीय नेतृत्व विकास तालिम



काठमाडौं । हिमालयन लघुवित्तले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने अभिप्रायले व्यव्सथापकीय नेतृत्व विकास तालिमा सम्पन्न गरेको छ । कम्पनीले जेठ १२ देखि १४ गते सम्म होटल पबेरा, बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले कर्मचारीहरुकै अथक मिहेनत, प्रयासबाट नै संस्थाले प्रगति हासिल गरेको बताए । नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको बताए । तर, विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा विविध खालको असहज परिस्थिति देखिएको बताए ।

यद्यपि, यसका बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए । कर्मचारीहरुकै कारण विविध सूचकाङ्कको आधारमा विगत पांच वर्षको वृद्धिदर हेर्दा संस्थाले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको दावी गरे ।

समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा सञ्चालकहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशन दिएका थिए । तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरणग गरिएको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरिएको थियो । कम्पनीले ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब ९२ करोड बचत संकलन गरी करिब ४ अर्ब लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्