स्विच अन रिटेलले काठमाडौंको न्युरोडमा चौथो शोरुम सञ्चालन
काठमाडौं । मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रा. लि. ले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौंमा खोलेको छ ।
स्वीच अन रिटेल प्रा.लि.की प्रबन्ध निर्देशक श्रीमती सीमा गोल्छाबाट स्टोरको उद्घाटन गरेको हो ।
विगत ६ वर्ष देखि ग्राहकको बलियो विश्वास र मायाले कम्पनीलाई यो आर्थिक वर्षभित्र तीनवटा नयाँ शोरुम खोल्न प्रेरित गरेको छ। न्युरोड आउटलेटले ग्राहकहरूलाई विभिन्न योजनाहरु जस्तै किस्ताबन्दी र एक्सचेन्ज सुबिधा उपलब्ध गराउनेछ्र ।
यस क्षेत्रको अरु पसल भन्दा स्विच अन रिटेल कसरी फरक छ भन्ने प्रश्नमा श्रीमती गोल्छाले टिप्पणी गरिन, “ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्ने आकांक्षामा सामान उचित मूल्यमा उपलब्ध गराउने मात्र नभई सहज तरिकाले गुणस्तरीय सामान खरिद गर्न विभिन्न योजनाहरु उपलब्ध गराउने छ ।
स्टोरले किस्ता योजना अन्तर्गत ०% ब्याज दरमा न्यूनतम प्रक्रिया पुरा गरेर सामान उपलब्ध गराउनेछ — जस्तै सामसुङ फोन किस्तामा किन्न नागरिकता र दुई प्रति फोटो काफी हुन्छ। एक्सचेन्ज सुविधाले ग्राहकहरूलाई टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर वा मोबाइल फोनहरू नयाँ उत्पादनहरूमा अपग्रेड गर्न सुविधा दिनेछ ।













