९ श्रावण २०८३, शनिबार

सल्यानको त्रिभुवन जन माध्यामिक विद्यालयमा माछापुच्छ्रे बैंकले बनाइदियो खानेपानी पूर्वाधार



काठमाडौं । कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा माछापुच्छ्रे बैंकले खानेपानी पूर्वाधार निर्माण गरिदिएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको हो । बैंकले गत बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेका थियो । त्यसपछि बैंकले विद्यालयको अवस्था अवलोकन गरी खानेपानी पूर्वाधारहरु निर्माण गरेको हो । हाल विद्यालयमा २८९ जना विद्यार्थी छन् भने १८ जना शिक्षक/कर्मचारी कार्यरत छन् ।

उक्त विद्यालयले ३ हजार ५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको थियो । खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या विद्यालयले झेलिरहेको थियो ।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरिदिएको छ । उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरु हरुमा काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्