बजेटमा लिएको आर्थिक वृद्धिदर र मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा ढुक्क छु: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा नीतिगत दर, कर्जाको ब्याजदर लगायतका करा समेटिने बताए ।
इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
मौद्रिक नीतिको तयारीमा रहेको जानकारी दिँदै गभर्ननर अकिारीले भने,‘ वित्तीय क्षेत्रज्को नीतिमा हामीले केही फरक गर्नुपर्छ । आगामी मौद्रिक नीतिमा नीतिगत दर, कर्जाको ब्याजदर लगायतको कुरा समेट्ने छ ।’
बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफु ढुक्क रहेको उनले बताएका छन् । उनले भने,‘यसपल्टको बजेटमा विकासको हुटहुटी छ । र निजी क्षेत्रलाई सँगै लिएर जाने हुटहुटी देखिन्छ ।’













