१० श्रावण २०८३, आइतबार

सूर्योदय वोमी लघुवित्तको सेयर लिलामी भर्ने अन्तिम मौका, प्रतिकित्ता कति ?

सूर्योदय वोमी लघुवित्तको सेयर लिलामी भर्ने अन्तिम मौका, प्रतिकित्ता कति ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका रहेको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । न्यूनतम ३०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिने बताइएको छ।