१० श्रावण २०८३, आइतबार

प्रतिकित्ता १०१ रुपैयाँमै किन्ने होइन त निफ्राको १० लाख सेयर ? आवेदन दिने आज अन्तिम मौका

प्रतिकित्ता १०१ रुपैयाँमै किन्ने होइन त निफ्राको १० लाख सेयर ? आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर लिलामी पर्ने आज अर्थात् असार १६ गते अन्तिम मौका रहेको छ ।

बैंकले असार १० गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको थियो । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको निफ्राको संस्थापक १० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।

उक्त सेयरमा एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी आवेदन पेश गर्न सकिनेछ ।