कुमारी बैंकले लिजहोल्ड सम्पत्ति बिक्री गर्ने
काठमाडौं । कुमारी बैंकले लिजहोल्ड सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले पर्सा, विरगञ्ज महानगरपालिका–१० आदर्शनगर शाखामा रहेको लिजहोल्ड सम्पत्ति बिक्री गर्न लागेको हो ।
विरगञ्ज शाखा तथा मधेश प्रादेशिक कार्यालय स्थानान्तरण भएकाले उक्त शाखाकामा रहेका, जडान भएका फर्निचर, फिक्चर, उपकरण, लिजहोल्ड सम्पत्ति जे जस्तो छ, त्यही अवस्थामा बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
कार्यालय संचालन गर्न इच्छुक खरिदकर्ता, व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था लगायतले आवेदन दिन सक्नेछन् ।
आजैका मितिले १५ दिनभित्र बैंकको सामान्य प्रशासन विभाग टंगाल काठमाडौ अथवा विरगञ्ज शाखामा शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् ।













