हकप्रद शेयर निष्काशन गर्दै प्रभु इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
उक्त सेयर निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५।४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।
हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।













