अग्राधिकार सेयर जारी गर्दै कामना सेवा विकास बैंक
अग्राधिकार सेयर जारी गर्दै कामना सेवा विकास बैंक
काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।
बैंकले ३५ लाख इकाई अर्थात ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । बैंकको असार १७ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।
बैंकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी अग्राधिकार सेयर बिक्री गर्न लागेको छ ।













