हिमालयन लघुवित्तको सिईओमा दोहोरिए आचार्य
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनोद आचार्य दोहोरिएका छन् ।
आगामी साउन १ गतेदेखि लागू हुने गरि उनी सिइओमा पुनः नियुक्ति भएका हुन् ।
मंगलबार बसेको कम्पनी संचालक समिति बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो।
आचार्यको पहिलो कार्यकाल यही असार मसान्तमा सकिँदै छ । तर, अब आगामी चार वर्षका लागि उनको कार्यकाल थपिएको हो ।













