१० श्रावण २०८३, आइतबार

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि सकिने मिति नजिकियो

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि सकिने मिति नजिकियो



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको लक इन अवधि सकिने मिति निजिकिएको छ।

कम्पनीको लक इन अवधिमा आगामी साउन २६ गते सकिने भएको हो । कम्पनीले २०७८ साउन २६ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीयको सेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ । कम्पनीले सर्वसाधारणलाई २०७८ साउन २६ गते सेयर बाँडफाँट गरेको थियो ।