डा. पोखरेललाई सानिमा मिडल तमोर हाइड्रोपावर निमित्त सिइओको जिम्मेवारी
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. मणिराज पोखरेललाई दिइएको छ ।
कम्पनीको गत शुक्रबार अर्थात् असार २८ गते बसेको संचालक समितिको बैठकले निमित्त सिइओको जिम्मेवारी दिइएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत डा.जुगल भूर्तेलले व्यक्तिगत कार्य व्यस्थता देखाउँदै कम्पनी सेवामा निरन्तरा दिन नसक्ने जनाएको छ । सेवामा भूर्तेलले निरन्तरता दिन असमर्थ रहेको कम्पनीमा जानकारी गराएका छन् । आगामी कार्यकालका लागि कम्पनीको नयाँ सिईओ नियुक्ति नहुञ्जेल पोखरेलाई जिम्मेवारी दिइएको हो ।













