प्राधिकरणले बढायो अनलाइबाट बिजलुको बिल भुक्तानी गर्ने समय, अब राती १२ बजेसम्म पनि तिर्न सकिने
काठमाडौं । अब बिहानदेखि ८ बजेदेखि नै अनलाइबाट बिजलुीको बिल भुक्तानी गर्न सकिने भएको छ । नेपाल विद्युत प्राधिकरणले यसअघिको समयावधि बढाएको छ ।
अबदेखि बिहान ८ बजेबाट राती १२ बजेसम्म बिल भुक्तानी गर्न सकिने भएको हो । यो सुविधा आजैदेखि लागू गरेको हो । गत जेठ ३० गते बसेको प्राधिकरण संचालक समितिले सो निर्णय गरेको थियो । यसअघि भने बिहान कार्यालय समय अर्थात् १० बजेदेखि राती १० बजेसम्म मात्रै अनलाइन मार्फत बिल तिर्न सकिने सुविधा थियो ।












