डेंगुको आशङ्का भएमा तत्काल ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।
नियमित परिरहेको पानिले डेंगु सङ्क्रमण बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
परामर्श सेवाका लागि निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ ।













